२०८२ असार ६, शुक्रवार , ०२:५८:१७ बजे

Sajhamanch
'

भित्रिएको २३औं दिनमा मनसुन देशभर फैलियो

शुक्रवार, असार ६, २०८२

काठमाडौं । मनसुन देशभर फैलिएको छ । गएको जेठ १५ गते बिहीवार राति नेपालको कोशी प्रदेशमा भित्रिएको मनसुन २३औं दिनमा देशभर फैलिएको हो ।

यसअघि मध्य क्षेत्र हुँदै पश्चिमका गण्डकी र लुम्बिनीसम्म मनसुन फैलिएको थियो । आज मनसुन देशभर फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत जानकारी दिएको छ ।

यसपालि सामान्यतया १५ दिन अगाडि नै नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा सामान्यतया जून १३ तारिखमा भित्रिने र एक हप्ताभित्र देशभर विस्तार हुने गरेकोमा यस पटक विस्तार हुन ढिला भएको हो । नेपालमा असोज मध्यसम्म मनसुन सक्रिय हुने गर्छ ।

सम्बन्धित खबर