२०८२ असार ५, बिहिवार , ०४:४३:४४ बजे

Sajhamanch
'

शेयर बजार २४ अङ्कले घट्यो, ११ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

बिहिवार, असार ५, २०८२

काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ७६ अङ्कले घटेर २ हजार ६२८ दशमलव ९१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, जलविद्युत्, उत्पादन, लघुवित्त, अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज प्योर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । बजार उच्च अङ्कले घटेको दिन पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै १० अङ्कले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३१४ वटा कम्पनीका २ करोड ९४ लाख कित्ता शेयर ११ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर