
काठमाडौं । लगातार चार कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १९ अङ्कले बढेर २ हजार ६५३ दशमलव ०९ विन्दुमा पुगेको छ ।
आज होटल र जीवन बीमा समूहको शेयर सामान्य घट्दा अरू समूहको शेयर बढेको छ । आज अन्य र जलविद्युत् समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज मकर जितुमाया, प्योर इनर्जी, दोल्ती पावर, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने झन्डै साढे ७ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३२४ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ८ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।