२०८२ जेठ २५, आइतवार , १२:१६:५८ बजे

Sajhamanch
'

१४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

आइतवार, जेठ २५, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद आयोजना गरिएको राखेपले जनाएको छ ।

राखेप सदस्य–सचिव टङ्कलाल घिसिङका अनुसार प्रतियोगितामा सात प्रदेशका ४७६ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र/छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र/छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कास्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स र रग्बी त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला, टेबलटेनिस लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बुढानीलकण्ठमा रहेको ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

सम्बन्धित खबर