
काठमाडौ । अमेरिकी खेलाडी कोको गौफले फ्रेन्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि जितेकी छन् । रोलान्ड ग्यारोसमा हिजो भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा गौफले बेलारुसकी नम्बर एक खेलाडी आर्यन सबालेन्कालाई हराउँदै उपाधि जितेकी हुन् ।
गौफले पहिलो सेट ६–७ ले गुमाए पनि त्यसपछि ७–५, ६–२ र ६–४ ले जितिन् । उनले फ्रेन्च ओपनको उपाधि जितेको यो पहिलो पटक हो । गौफको समग्रमा ग्रान्ड स्लाम उपाधि जीत यो दोस्रो पटक हो । यसअघि उनले सन् २०२३ मा यूएस ओपन जितेकी थिइन् ।