
भद्रपुर । भद्रपुर १० केन्द्रमोडस्थित कलवलगुरी कृषि सहकारी संस्थाले सहकारी शिक्षा तालिम तथा धानको बिउ छनौट प्रशिक्षण गरेको छ ।
संस्थाका सहकारी शिक्षा संयोजक चुरेन्द्र कठायतको अध्यक्षता तथा भद्रपुर १० का कार्यवाहक वडाध्यक्ष तुलसी पोखरेलको प्रमाुख आतिथ्यमा एक दिने सहकारी शिक्षा तालिम तथा बिउ छनौट प्रशिक्षण सम्पन्न गरिएको हो ।
सहकारी शिक्षा सम्बन्धी डिल्ली दाहालले प्रशिक्षण गरेका थिए भने धानको बिउ छनौट प्रशिक्षण चेतराज भण्डारीले प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष नारायणप्रसाद चौलागाईले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मिनबहादुर कार्कीले गरेका थिए ।
कार्यक्रममा ७५ जना शेयर सदस्यसहित सञ्चालक समिति तथा विभिन्न उपसमितिका संयोजकहरू सहभागी भएका थिए ।