२०८२ जेठ २३, शुक्रवार , ११:००:२१ बजे

Sajhamanch
'

शेयर बजार आज पनि घट्यो, कारोबार रकम ५ अर्ब १६ करोड रुपैयाँमा सीमित

बुधवार, जेठ २१, २०८२

काठमाडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर २ हजार ६४६ दशमलव ९५ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज १८१ वटा कम्पनीको शेयर घट्दा ६६ वटाको बढेको छ । यस्तै समाज लघुवित्त कम्पनीको शेयर भने घटबढ भएन ।

आज कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै ५ दशमलव ८१ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिकल्स र प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३१३ वटा कम्पनीका १ करोड ३७ लाख कित्ता शेयर ५ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ ।