२०८२ जेठ ८, बुधवार , ०२:०८:५० बजे

Sajhamanch
'

शेयर बजार उच्च अङ्कले बढेर २ हजार ६७७ विन्दुमा, सबै समूहमा हरियाली

मङ्गलवार, जेठ ७, २०८२

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव ०९ अङ्कले बढेर २ हजार ६७७ दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर झन्डै साढे ३ प्रतिशतले उकालो लागेको छ । यस्तै विकास बैंक समूहको शेयर झन्डै ३ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । बजार उच्च अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ७ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ३१० वटा कम्पनीका १ करोड ६८ लाख कित्ता शेयर ७ अर्ब ३१ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर