२०८२ जेठ १, बुधवार , १०:२४:४५ बजे

Sajhamanch
'

कोशी प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान प्रतिबन्ध

बुधवार, जेठ १, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाइएको छ ।

फोटो खिच्नेले हैरान दिएको भन्दै कार्कीको सचिवालयले कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाएको हो ।

मुख्यमन्त्रीलाई भेट्न जानेले उनको कार्यकक्ष बाहिर मोबाइल राख्नुपर्छ । मोबाइल राख्नका लागि प्लाष्टिकको बकेट राखिएको छ र माथि लेखिएको छ, ‘मोबाइल फोन यता’ ।

मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइँटेलका अनुसार डेढ महिनायता मोबाइल लैजान रोक लगाइएको हो । सुरक्षा सतर्कताका लागि मोबाइल लैजान रोक लगाएको उनले बताए ।

‘कार्यालयका बाहिरी संरचना भत्काएर मर्मत हुँदैछ,’ उनले भने, ‘बाहिर चोकजाँच हुँदैन, कार्यकक्षमा मोबाइल लैजान रोक लगाइएको छ ।’

कार्यकक्षमा मोबाइल लिएर जाँदा फोटो खिचेर धेरै समय लिने गरेका कारणले पनि रोक लगाइएको उनले बताए ।

सम्बन्धित खबर