२०८२ वैशाख २१, आइतवार , ०५:५६:५६ बजे

Sajhamanch
'

पोपका रूपमा आफ्नो एआई फोटो शेयर गरेपछि ट्रम्पको आलोचना

आइतवार, वैशाख २१, २०८२

झापा । पोपका रूपमा आफ्नो एआई फोटो शेयर गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना भएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट पोपका रूपमा ट्रम्पको एआई फोटो शेयर भएपछि क्याथोलिक समूहहरूले कडा आपत्ति जनाएका बीबीसीले जनाएको छ ।

क्योथोलिकहरूले अप्रिल २१ मा पोप फ्रान्सिसको निधनको शोक मनाइरहेको समयमा पोपका रूपमा ट्रम्पको एआई फोटो सार्वजनिक भएको हो ।

ट्रम्पले पोस्ट गरेको फोटोमा पोप जस्तै सेतो पोशाक र टोपी लगाएको देखिन्छ । साथै उनको घाँटीमा ठूलो क्रस छ र गम्भीर तरिकाले एउटा औंला उठाएर उभिरहेको देख्न सकिन्छ ।

न्युयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पलाई आफूहरूको विश्वासको मजाक उडाएको आरोप लगाएको छ । केही दिनअघि मात्र राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग ठट्टा गर्दै आफू पोप बन्न चाहेको बनाएक थिए ।

ट्रम्प यस्ता आरोपहरूको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति होइनन् । एक वर्षअघि पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्भपतनको पक्षमा भएको र्‍यालीमा ‘क्रसको चिह्न’ बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएको थिए।

भ्याटिकनका प्रवक्ताले ट्रम्पको फोटोमा कुनै टिप्पणी गरेका छैनन् । पोपको उत्तराधिकारीको चुनावको प्रक्रिया आउँदो बुधवारदेखि भ्याटिकनमा शुरू हुँदैछ ।