२०८२ वैशाख १२, शुक्रवार , ११:२९:२६ बजे

Sajhamanch
'

सशस्त्रका १२ जना डीआईजीको सरुवा, कोशीमा न्यौपाने आउने

शुक्रवार, वैशाख १२, २०८२

झापा । सशस्त्र प्रहरीका १२ जना डीआईजीहरुको सरुवा भएको छ । डीआईजीहरु गणेशबहादुर ठाडा मगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालीदास धौबजी, कुमार न्यौपाने, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा, दीपक अधिकारी, कृष्ण ढकाल र दीपेन्द्र कुँवरको सरुवा भएको हो ।

सशस्त्रका एआईजी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालका अनुसार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा भएको हो । सरुवामा परेकाले अब दरबन्दी कायम भएको ठाउँमा गएर जिम्मेवारी सम्हाल्ने उनले बताए ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह वाहिनी मुख्यालय सुनसरीको प्रमुखका रूपमा डीआईजी कुमार न्यौपानेको सरुवा भएको छ । उनले अब १४ वटा जिल्ला रहेको कोशी प्रदेशमा १ वर्षसम्म सशस्त्रको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका छन् ।

शुक्रवार, वैशाख १२, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर