
काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर १६ जना प्रहरी कर्मचारीलाई तत्काल सम्पर्कमा आउन सूचित गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना निकालेर ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेको हो ।
खोजतलास गर्दा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आफू गैरहाजिर रहनुको कारणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीलाई प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।