२०८२ वैशाख ९, मङ्गलवार , ११:०४:५२ बजे

Sajhamanch
'

सोलुखुम्बुको थामेमा आज आरोही सम्मेलन हुँदै

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । सोलुखुम्बुको थामेमा आज आरोही सम्मेलन हुँदैछ । सम्मेलनमा जलवायु परिवर्तनले थामेमा परेको प्रभावबारे छलफल गर्ने तयारी छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गएको वर्ष साउन ३२ मा आएको लेदोसहितको बाढीले जनधनको क्षति गरेको थियो ।

सरकारले आउँदो जेठमा गर्न लागेको सगरमाथा संवादको पूर्व सन्ध्या र जलवायु परिवर्तनको असरमा केन्द्रित गरेर सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमा सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थामी, नेपालका चर्चित आरोहीहरू कामीरिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, कान्छा आरोही तेम्वाछिरी शेर्पा, माया गुरुङलगायत सहभागी हुनेछन् ।

जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै’ संस्थाले आयोजना गर्न लागेको सम्मेलनलाई नेपाल सरकारद्वारा आउँदो जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्व कार्यक्रमका रूपमा लिइएको छ ।

सम्मेलनमा स्थानीयवासी तथा गएको वर्ष थामे क्षेत्रमा हिमपहिरोबाट प्रभावितसमेत सहभागी हुने आयोजक संस्थाले जनाएको छ । सम्मेलनमा जलवायु परिवर्तन, पर्यटन, हिमाली जीवनशैलीका विविध पक्षबारे समूहगत छलफल हुनेछ ।

वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार र खुम्बु पासाङल्हामु गाउँपालिकासँगको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो ।

मङ्गलवार, वैशाख ९, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर