
काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार भएको दिन आज सुनको भाउ घटेको छ । सुनको भाउ एक हजार ७०० रुपैयाँले घटेर तोलाको एक लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो कारोबार दिन गएको चैत ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको एक हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।