२०८१ चैत २५, सोमवार , ०३:२६:४१ बजे

Sajhamanch
'

असई कुन्जाङ शेर्पा सगरमाथा आरोहणमा, आईजीपीबाट ब्यानरसहित बिदाइ

सोमवार, चैत २५, २०८१

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी नेपाल प्रहरीकी असई कुन्जाङ छोपेल शेर्पालाई नेपाल प्रहरी प्रधान कार्यालयले शुभकामनासहित बिदाइ गरेको छ।

साइबर ब्युरोमा कार्यरत असई शेर्पालाई एक विशेष कार्यक्रमका बीच नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले लैंगिक हिंसाविरुद्धको सन्देश समेटिएको ब्यानर हस्तान्तरण गर्दै सगरमाथा यात्राको सफलताको शुभकामना व्यक्त गरे।

आईजीपी थापाले आरोहण यात्राको सहजता, सुरक्षाका साथ सम्पन्न होस् भन्ने कामना गर्दै शेर्पाले प्रहरी संगठनको गौरव बढाउने कार्य गरिरहेकी भन्दै प्रशंसा गरे।

कार्यक्रममा थापाले सगरमाथा आरोहणमा सहयोग, सहजीकरण तथा समन्वय गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई समेत आभार प्रकट गरे।

असई कुन्जाङ छोपेल शेर्पा महिला सशक्तीकरण र लैंगिक समानताका पक्षमा सन्देश फैलाउने उद्देश्यसहित सगरमाथा आरोहणमा सहभागी हुँदैछिन्।

सम्बन्धित खबर