२०८१ चैत २५, सोमवार , ०८:२८:०० बजे

Sajhamanch
'

तीनवटा संसदीय समितिको बैठक बस्दै

सोमवार, चैत २५, २०८१

काठमाडौं । संघीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।बैठक बिहान ११ बजे बस्नेछ ।कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको मानव अधिकारको अवस्था सम्वन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठक बिहान १० बजे बजेका लागि बोलाइएको छ ।महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।बैठक दिउँसो ३ बजे बस्नेछ ।

सम्बन्धित खबर