२०८१ चैत १९, मङ्गलवार , ०३:३०:११ बजे

Sajhamanch
'

सुनको भाउ आज २०० रुपैयाँले बढ्यो

बुधवार, चैत १३, २०८१

काठमाडौं । सुनको भाउ आज २०० रुपैयाँले बढेको छ । हिजो तोलामा २०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख नौ हजार ३०० रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । पछिल्लो तीन दिन स्थिर रहेको चाँदीको भाउ आज बढेको हो ।

आज १० रुपैयाँले बढेर चाँदी तोलाको एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९८० रुपैयाँ थियो ।