२०८१ फागुन २०, मङ्गलवार , ११:२२:३९ बजे

Sajhamanch
'

नेपाललाई चाहिने आधा औषधि विदेशबाट आयात

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । नेपाललाई आवश्यक पर्नेमध्ये करिब आधा औषधिहरु आयात हुने गरेको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी एवम् वरिष्ठ औषधि व्यवस्थापक प्रमोद केसीले नेपाललाई आवश्यक पर्नेमध्ये ५० प्रतिशत औषधि भारत तथा तेस्रो देशबाट आयात हुने गरेको बताए।

सामान्य भिटामिनहरु, ईन्जेक्सन, एन्टीडाईबेटिक, नार्कोटिक, साईक्रोटिकजस्ता औषधि नेपालमा उत्पादन हुने गरेको केसीले उज्यालोलाई जानकारी दिए । दम, क्यान्सरजस्ता दीर्घ तथा गम्भीर रोगका लागि आवश्यक पर्ने औषधिहरु भने विदेशबाट आयात गर्ने गरिएको छ ।

नेपालमा करिब ८ हजार किसिमका औषधि उत्पादन भइरहेका छन् । करिब ९ हजार किसिमका औषधिहरु आयात भइरहेको औषधि व्यवस्था विभागको तथ्याङ्क छ । कच्चा पदार्थ, प्रविधि र उपकरण बाहिरबाट ल्याउनु पर्ने कारण औषधि उत्पादनमा समस्या हुने गरेको विभागको बुझाइ छ ।

नेपालमा उत्पादन हुने औषधिका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुने गरेको छ । उत्पादक कम्पनीहरुले एउटै प्रकारका औषधि उत्पादनमा जोड दिँदा आयात बढेको अनुमान छ ।

सम्बन्धित खबर