२०८२ वैशाख १०, बुधवार , ०७:१८:५५ बजे

Sajhamanch
'

कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई

आइतवार, फागुन ११, २०८१

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारका कारण भइरहेको विवादबारे संसद्‌बाट ध्यानाकर्षण गराएका छन् ।

उनले नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त विषय बिर्सन नहुने बताए ।

‘ताप्लेजुङमा कुबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ,’ भट्टराईले भने, ‘नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो ।’

उनले विरोध गर्ने अधिकार सबैलाई भए पनि त्यसको पनि शैली हुने जिकिर गरे ।

‘त्यसमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ भन्ने मान्यता हो,’ उनले भने ।

विकासका विरोधी कोही पनि नभएको भन्दै धर्म संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन नसकेको उल्लेख गरे ।

‘विकास विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौं त्यसले भयंकर विवाद ल्याउँछ । हामीले देखेकै कुरा हो । त्यसैले हामी सबै मिलेर बसेको देशमा यो खालको स्थिति सिर्जना हुनु दुःखद हो,’ उनले भने ।

शनिबार राति केबुलकारविरोधी समूहले गरेको मसाल जुलुसका कारण ताप्लेजुङ बजार अशान्त भएको भन्दै सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुनबाट जोगिएको जिकिर गरे ।

‘धर्म र संस्कृतिलाई जब हामी निजी स्वार्थमा जब हामी प्रयोग गर्न थाल्छौं, धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौं त्यसले एउटा भयंकर विवादको स्वरुप लिन्छ यो हामीले दुनियामा देखेका छौं’ भट्टराईले भने ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै उनले नेपालले् अवलम्बन गरेको संघीयता सहकारिता, समन्वयकारिता र सहअस्तित्वसहितको समेत भएको स्मरण गरे ।

सम्बन्धित खबर