
काठमाडौं । काठमडौं उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि प्रदूषण बढ्न थालेको छ ।
काठमाडौं, धनगढी, हैटौँडा, पोखरा, नेपालगञ्ज लगायतका ठाउँमा प्रदूषण धेरै छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने यूएस आईक्यूएअरका अनुसार यी ठाउँको प्रदूषण एक सय भन्दामाथि छ ।
५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकाङ्क कटेमा वायु अस्वस्थ मानिन्छ । मौसमविद्का अनुसार पानी नपरेसम्म वा ठूलो हुरी नचलेसम्म वायू प्रदूषण कम हुँदैन । तर प्रदूषण हटाउने गरी पानी पर्ने सम्भावना कम देखिएको मौसमविदको भनाइ छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै मौसमविद् तथा डाक्टरहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
नेपालमा उद्योग कलकारखाना र गाडीबाट निस्कने धूवाँ, वन डढेलो, खुला रूपमा गरिने फोहोर तथा कृषिजन्य अवशेष जलाउने चलन, घरवाट निस्कने धूवाँ, सडक र निर्माण कामबाट उड्ने धुलोलगायतका कारण प्रदूषण बढ्ने गर्छ ।
प्रदूषणले फोक्सो, आँखा, छाला, छाती, मुटु लगायत विभिन्न अङ्ग तथा समग्र मानव स्वास्थ्यमा असर गर्ने भएकाले सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको प्रयोग गर्न डाक्टरहरुको सुझाव छ ।