२०८१ माघ २८, सोमवार , ०४:५३:५७ बजे

Sajhamanch
'

शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

आइतवार, माघ २७, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.४९ अङ्कले घटेर २ हजार ६८८.३१ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ । बजार दोहोरो अङ्कले घटेको दिन सेन्ट्रल फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज शेयर कारोबार रकम पनि ओरालो लागेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ९ अर्ब २४ करोडको शेयर कारोबार भएकोमा आज ३०५ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ८ अर्ब ३९ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर