२०८१ माघ १७, बिहिवार , ११:३१:५२ बजे

Sajhamanch
'

सैफ अलीका छोरा इब्राहिमलाई बलिउड डेब्यु गराउँदै करण जोहर

बिहिवार, माघ १७, २०८१

काठमाडौं । लामो समयदेखि नातावादको आरोपले घेरिएका बलिउड निर्माता करण जोहरले अर्का एक ‘स्टार किड’लाई ब्रेक दिने भएका छन् । यसपटक सैफ अली खानका छोरा इब्राहिम अली खानलाई बलिउडमा मौका दिँदैछन् ।

सामाजिक सञ्जाल पोस्टमार्फत उनले यसबारे जानकारी दिएका हुन् । इब्राहिमका आकर्षक तस्वीर सेयर गर्दै उनले लेखेका छन् र डेब्युबारे जानकारी दिएका छन् ।पोस्ट सेयर गर्दै जोहरले लेखेका छन्, ‘मैले अमृता (इब्राहिमकी आमा)सँग पहिलो पटक भेटेँ, जब म १२ वर्षको थिएँ । त्यतिबेला उनी मेरो बुवासँग फिल्म ‘दुनियाँ’ मा काम गरिरहेकी थिइन् । मलाई याद छ, क्यामेरामा उनको ऊर्जा र पकड धेरै बलियो छ ।’

करणले थप लेखेका छन्, ‘यो पहिलो भेटको सबैभन्दा यादगार कुरा यो थियो कि हामीले चाइनिज डिनर खायौं र त्यसपछि जेम्स बन्डको फिल्म हेरेका थियौं । हामीले भेटेको पल उहाँले मलाई आफूजस्तै महसुस गराउनुभयो र त्यो उहाँको बल थियो । यो बानी आज पनि उहाँमा छ र छोराछोरीमा पनि सरेको छ ।’यस पोस्टमा करणले थप लेखेका छन्, ‘मैले सैफलाई पहिलो पटक अन्जु महेन्द्रुको अफिसमा भेटें । उहाँ धेरै जवान र सुन्दर हुनुहुन्थ्यो, जस्तै मैले उहाँको छोरा इब्राहिमलाई पहिलो पटक भेटें । यसरी हाम्रो मित्रता धेरै पुस्तादेखि चलिआएको छ र अहिले सौभाग्यवश यो हाम्रा सन्तानहरूबीच पनि जारी छ ।’

करणले थप लेखेका छन्, ‘म यो परिवारलाई विगत ४० वर्षदेखि चिन्छु । उहाँसँँग विभिन्न फिल्ममा काम गरेको छु । अमृतासँग ‘दुनिया’ र ‘टु स्टेट’मा, सैफसँग ‘कल हो ना हो’ र ‘कुर्बान’मा, सारासँग ‘सिम्बा’मा काम गरेको छु । म यो परिवारलाई उनीहरूको मायाले चिन्छु । फिल्म उनको रगतमा छ । म नयाँ प्रतिभाको लागि मार्ग प्रशस्त गर्न चाहन्छु जसलाई संसारसँग साझेदारी गर्न अधैर्य छु । त्यसैले पर्खनुहोस्, इब्राहिम अली खान पटौदी जो छिट्टै पर्दामार्फत तपाईंको हृदयमा पुग्नुहुनेछ ।’

जोहरले धेरै स्टारकिड्सलाई उद्योगमा लन्च गरेका छन् । यो लिस्टमा आलिया भट्ट, वरुण धवनदेखि लिएर जान्हवी कपुर र इशान खट्टरसम्म धेरै नाम छन् । धर्मा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘सरजमीं’बाट इब्राहिम डेब्यु गर्दैछन् ।