२०८३ जेठ १ शुक्रवार , १२:००:१३ बजे

Sajhamanch
'

पाथीभरा मन्दिरको महिनाको भेटी एक करोड ६ लाख

शुक्रवार, जेठ १, २०८३

ताप्लेजुङ । पाथीभरा देवीस्थानमा एक महिनामा रु. एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् ।

गत चैतमा रु. ५८ लाख ५७ हजार ५०० र फागुनमा रु. ३१ लाख १० हजार सङ्कलन भएको थियो ।

शुक्रवार, जेठ १, २०८३ | समाज

सम्बन्धित खबर