२०८१ माघ १९, शनिवार , १२:१०:५३ बजे

Sajhamanch
'

बिर्तामोड महोत्सवको काम अन्तिम चरणमा

आइतवार, माघ ६, २०८१

झापा । ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका हुन् । महोत्ससव पर्सी माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुँदैछ ।

बिर्तामोड महोत्सवको करिव दुई लाखले अवलोकन गर्नेछन् । महोत्सवले बिर्तामोडको मात्र नभई कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने अध्यक्ष न्यौपानेको भनाई छ ।

महोत्सवमा छिमेकी मुलुकहरुबाट समेत आएर व्यवसायीले स्टल राख्ने र व्यवसाय प्रवर्धनमा टेवा पुग्ने न्यौपानेको विश्वस छ ।

त्यसको त ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’मा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । बिर्तामोड नगरपालिका ५ धर्मकाटा रोडमा आयोजना गरिएको महोत्समा तयार गरिएको ह्याङ्गर २० हजार स्क्वार फुटको रहेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए ।

ह्याङ्गार ३० मिटर चौडाई र ६० मिटर लम्वाइको रहेको व्यवस्थापक सिम्खडाको भनाई छ । ह्याङ्गार भित्र ११८ वटा स्टल रहन सक्ने र यो ह्याङ्गर नेपालकै ठूलो ह्याङ्गर भएको उनको दावी छ ।

महोत्सवमा १५० वटा स्टल रहने छन् । जहाँ सार्क राष्ट्रका व्यवसायीले स्टल राख्ने छन् । स्थानीय क्षेत्रमा रहेका सबैखाले उद्योगहरुलाई समेट्दै व्यवसाय क्षेत्रको प्रवर्धनका लागि आयोजना गरिएको महोत्सवमा गाडीदेखि गार्मेन्टसम्मका स्टल रहने सिम्खडाको भनाई छ ।

महोत्सवमा एकैखाले सामग्री धेरै राख्नेभन्दा पनि धेरै खाले सामग्री एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य रहेको र उपभोक्ताले सबै सामग्री एकै ठाउँमा प्राप्त गर्न सक्ने उनको भनाई छ ।

सबैखाले मापदण्ड पूरा गरेर आयोजना गरिएको महोत्सवमा सेल्फी जोनदेखि मूलद्वार आकर्षक कलाकृत्तिमा बन्ने सिम्खडाको भनाई छ ।

महोत्सवमा व्यवसाय प्रर्वद्धनसँगै सबैखाले उमेर समूहका मानिसले मनोरञ्जन गर्नसक्ने व्यवस्था मिलाइएको उनको भनाई छ । जसका लागि हरेक दिन ट्रेण्डिङ्गमा परेका कलाकारको प्रस्तुति रहने छ भने स्थानीय स्तरका मौलिक पहिचान झल्कने विभिन्न कार्यक्रमको आयोजना गरिने उनले बताए ।

सम्बन्धित खबर