२०८१ माघ ६, आइतवार , ०९:४६:३८ बजे

Sajhamanch
'

६ महिनामा झण्डै ४ लाख नेपाली वैदेशिक रोजगारीमा

आइतवार, माघ ६, २०८१

काठमाडौं । ६ महिनाको अवधिमा झन्डै चार लाख नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म तीन लाख ९३ हजार ६७ जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

मंसिरको तुलनामा पुसमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या भने घटेको छ । मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा पुसमा ६७ हजार २५८ जनाको मात्र श्रम स्वीकृति भएको छ ।

मंसिरको तुलनामा पुसमा झन्डै १७ हजारले कमी आएको हो । पुस महिनामा म्यानपावर कम्पनीमार्फत २९ हजार ३१६ जना, नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा १० हजार ८५ जना तथा श्रम स्वीकृति नवीकरणमार्फत २७ हजार २०३ जना वैदेशिक रोजगारीमा गएका छन् ।

यस्तै सरकारले पठाउने दक्षिण कोरिया तथा इजरायलमा ६५५ जनाको श्रम स्वीकृति भएको छ । सबैभन्दा धेरै नेपाली कामदार यूएई र त्यसपछि साउदी अरेबिया र कतार जाने गरेका छन् ।

सम्बन्धित खबर