२०८१ माघ २, बुधवार , ०९:२५:१७ बजे

Sajhamanch
'

शेयर बजार सामान्य बढ्यो, ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार

बुधवार, माघ २, २०८१

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८३ अङ्कले बढेर २ हजार ५९५.९६ विन्दुमा पुगेको छ ।

आज बैंक, फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ । आज सबैभन्दा धेरै होटल समूहको शेयर १०७ अङ्कले बढेको छ ।

आज दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अस्ति सोमवार साढे ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज २९९ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ५ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर