काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । नेप्से दोहोरो अङ्कले घटेको दिन विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३०१ वटा कम्पनीका ८० करोड २१ लाख कित्ता शेयर ३ अर्ब ९९ करोड रुपैयाँमा कारोबार भएको छ ।