२०८१ मंसिर २६, बुधवार , ०९:०१:४९ बजे

Sajhamanch
'

इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनहमलाई हरायो

सोमवार, मंसिर २४, २०८१

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनहमलाई हराएको छ । हिजो भएको खेलमा चेल्सीले टोटनहमलाई ४– ३ गोलले हराएको हो ।

चेल्सीका कोल पाल्मरले २ तथा जडो सन्चो र एनजो फर्नान्डेज एक –एक गोल गरे । यो जीतसँगै चेल्सी ३१ अङ्कसहित लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोटनहम भने २० अङ्कमै सीमित रहेर ११ औँ स्थानमा छ ।

शीर्षमा रहेको लिभरपुलको ३५ अङ्क छ । हिजो आर्सनल र फुलहमले भने १–१ को बराबरी खेलेका छन् । यस्तै लेस्टर सिटी र ब्राइटनले पनि २–२ को बराबरी खेले । हिजोको खेलमा बर्नमाउथले इपस्विच टाउनलाई भने २–१ ले हरायो ।

सम्बन्धित खबर