काठमाडौं । इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा नटिङघम फरेस्ट ३–२ ले विजयी भयो ।
खेलको पहिलो हाफ एक/एक गोलको बराबरी भए पनि दोस्रो हाफमा फरेस्टका मोर्गन गिब्स–ह्वाइट र क्रिस उडले गोल गरे । ६१ औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त भएन ।
फरेस्ट १५ खेलमा २५ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १९ अङ्क रहेको युनाइटेड १३ औँ स्थानमा छ । हिजो भएका अरु खेलमा क्रिस्टल प्यालेस र म्यानचेस्टर सिटीले दुई/दुई गोलको बराबरी खेलेका छन् ।
सिटी १५ खेलमा २७ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । ब्रेन्टफोर्डले न्युकासललाई ४–२ र एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० गोलले हराएको छ ।