२०८२ असोज ७, मङ्गलवार , ०३:०४:५३ बजे

Sajhamanch
'

पत्रकार महासंघको चुनाव : उम्मेदवारको मनोनयन आज

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि शुक्रबार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ।

केन्द्रीय समितिको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय दिइएको छ।

उम्मेदवारको नामावली प्रकाशन शुक्रबार अपराह्न ५ बजे हुनेछ भने मनोनयन पत्र फिर्ता शनिबार बिहान १० बजेभित्र लिइसक्नु पर्नेछ। उम्मेदवारको अन्तिम नामावली शनिबार बिहान ११ बजे प्रकाशित हुनेछ।

मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। सोही दिन मतगणना हुनेछ।

महासंघमा नेपाली कांग्रेसको शुभेच्छुक स‌ंस्था नेपाल प्रेस युनियन र नेकपा (एमाले) निकट प्रेस चौतारीबीच साझा उम्मेदवार तय गरेर जाने सम्भावना रहेको छ।

यसो भएमा प्रेस चौतारीकी निर्मला शर्मा अध्यक्ष उठ्ने सम्भावना रहेको स्रोतको भनाइ छ। शर्मा यसअघि अध्यक्षमा पराजित भएकी थिइन्।

साथै नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरले पनि अरू विभिन्न संगठनको सहयोगमा रोशन पुरीलाई अध्यक्षको उम्मेदवार बनाउने गरी गृहकार्य गरिरहेको स्रोतको भनाइ छ। पुरी अहिले महासचिव छन्।

सदस्यता विवादका कारण पटक(पटक महासंघको महाधिवेशन स्थगित हुँदै आएको थियो। सदस्यता विवादकै कारण अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका थिए।

सम्बन्धित खबर