२०८१ मंसिर १२, बुधवार , १२:२६:३८ बजे

Sajhamanch
'

दुई दिनदेखि घटेको सुनको भाउ आज ९०० रुपैयाँले बढ्यो

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएसँगै दुई दिनदेखि घट्न थालेको सुनको भाउ आज भने सामान्य बढेको छ ।

आज सुनको भाउ ९०० रुपैयाँले बढेर तोलाको एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन एकैदिन दुई हजार ६०० रुपैयाँले घटेर तोलाको एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार ८३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सरकारले भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसूल घटाइएको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।

बुधवार, मंसिर १२, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर