२०८१ मंसिर १५, शनिवार , ०२:४२:५४ बजे

Sajhamanch
'

प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि समितिको बैठक बसेर छलफल गर्ने बताएका छन् ।

सभापति यादवले समितिको बैठक सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रीसँग समयका लागि समन्वय गरिरहेको पनि जानकारी दिए । उनले सरकारको एजेन्डा बाहिर आएपश्चात् त्यसमाथि छलफल हुने र भ्रमण उपलब्धिमूलक बनाउन समितिले थप सल्लाह सुझाव दिने पनि जानकारी दिए ।

‘यो उहाँको महत्त्वपूर्ण भ्रमण हो । यसलाई फलदायी बनाउन भएका र थप एजेन्डामा छलफल हुन्छ‚’ उनले भने ।

प्रधानमन्त्री बनेपश्चात् केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण चीनबाट गर्न लागेका हुन् । भ्रमण अघि मङ्सिर १३ गते तयारी स्वरूप परराष्ट्र मन्त्री आरजू राणा देउवा चीन भ्रमण जाने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमण अघि बेल्ट एन्ड रोड योजना ऋणमा लिने कि अनुदानमा भन्ने बहस पनि छ । त्यसैले महत्त्वपूर्ण विषयमा गहन छलफल समितिमा हुने गरी बैठक बस्ने सभापति यादवले बताए ।

सम्बन्धित खबर