काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीचमा भेटवार्ता भएको छ । कम्बोडिया भ्रमण जानुअघि राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेट गरेका हुन् ।
सभामुख घिमिरेर कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को ८–११ मंसिर (२३–२६ नोभेम्बर) मा हुने ११ औँ प्लेनरी सेसनमा भाग लिन जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।