२०८१ मंसिर ७, शुक्रवार , १२:१७:३५ बजे

Sajhamanch
'

काठमाडौँका ३ स्थानमा प्रदर्शन, ११३ स्थानबाट ट्राफिक डाइभर्सन

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । काठमाडौँका ३ ठाउँमा आज प्रदर्शनका कार्यक्रमको आयोजना गरिएको छ । नेकपा (एमाले)ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दै छन् ।

ट्राफिक व्यवस्थापनका लागी काठमाडौँको ११३ स्थानमा डाइभर्सन प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी उमा प्रसाद चतुर्वेदीले बताए । ३ ठाउँको कार्यक्रमको ट्राफिक व्यवस्थापनका लागि ६४४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधन गर्ने कार्यक्रम छ । सो क्षेत्रमा प्रवेश गर्न खोज्ने सवारी साधनलाई ट्राफिक प्रहरीले बिहानैदेखि केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरेको छ । दरबारमार्ग क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको एसएसपी चतुर्वेदीले बताए ।

ट्राफिक प्रहरीले माइतीघर र कोटेश्वर क्षेत्रमा सकभर सवारी नरोक्ने योजना बनाएको छ । प्रदर्शनमा सहभाागीहरुको चापलाई ध्यान दिएर आवश्यकता अनुसार सवारी डाइभर्सन गरिने एसएसपी चतुर्वेदीले बताए । उनले भने, ‘सहभागिताको चापलाई हेरेर सवारी डाइभर्सन गरिन्छ, माइतीघर मण्डलामा सकेसम्म डाइभर्सन गर्दैनौँ ।’

नेकपा (एमाले)को र्‍याली ११ बजेबाट भद्रकालीबाट सुरु हुँदै छ । र्‍याली सुरु भएसँगै आवश्यक स्थानमा डाइभर्सन गर्दै लगिने एसएसपी चुतर्वेदीले जानकारी दिए ।

शुक्रवार, मंसिर ७, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर