२०८१ पौष ३, बुधवार , ०७:३६:३४ बजे

Sajhamanch
'

झापामा राहदानी वितरण स्थगित

बिहिवार, मंसिर ६, २०८१

बिर्तामोड । सिस्टममा समस्या आएकाले राहदानी वितरण स्थगित गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

राहदानी विभागका अनुसार अनिश्चितकालका लागि राहदानी वितरण स्थगित गरिएको हो ।

केन्द्रीय सर्भरमा समस्य आएर सिस्टम नचलेका कारण झापाबाट पनि फोटो खिच्ने र बायोमेट्रिकको काम स्थगित गरिएको कार्यालयले सूचना निकालेर जानकारी दिएको छ ।

समस्या समाधानका लागि प्रयास भइरहे पनि समाधान हुन केही समय लाग्ने बताइएको छ ।

सम्बन्धित खबर