काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुस्ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले पुर्वसभामुख ढुंगानाको निधनमा दुस्ख व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु।’
प्रधानमन्त्री ओलीले नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा ढुंगानाले महत्वपूर्ण योगदान दिएको भन्दै आफूले सम्झिरहेको उल्लेख गरेका छन् । ‘ नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना !’ प्रधानमन्त्री ओलीलले लेखेका छन् ।