काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे ढुंगानाको निधन भएको उनका भान्जा सुरज भट्टराईले जानकारी दिए । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।