२०८१ मंसिर २, आइतवार , ०१:००:०६ बजे

Sajhamanch
'

स्वर्गद्वारीको नाफा २ लाख ५४ हजार २११ रूपैयाँ

आइतवार, मंसिर २, २०८१

भद्रपुर । भद्रपुर ८ स्थित स्वर्गद्वारी कृषि सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ शनिबार सम्पन्न गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट बतच तथा उद्यमीहरुलाई सम्मान गर्दै सभा सम्पन्न गरिएको हो ।

अध्यक्ष थापाले वार्षिक गतिविधि प्रस्तुत गर्दै सहकारीमा महिला ४५२ तथा पुरूष ४७२ र अन्य ११ गरी ९३५ जना शेयरधनी रहेको बताइ । संस्थको कारोबारबाट समीक्षा वर्षमा स्वर्गद्वारीले २ लाख ५४ हजार २११ रूपैयाँ खुद मुनाफा भएको जनाइएको छ ।

उपाध्यक्ष सुरेन्द्र खत्रीले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट बचत कारोवार सम्मानबाट हर्कमाया लिम्बू तथा उत्कृष्ट उद्यमी सम्मानबाट राजकुमार राई सम्मानित भएका थिए ।

प्रकाश भण्डारीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर नगर सहकारी शाखाका प्रमुख नेत्रप्रसाद पोखरेल, कलवलगुरी कृषि सहकारीका अध्यक्ष नारायणप्रसाद चौंलागाई लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर