भद्रपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुर १० चन्द्रगढीको २५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरिएको हो ।
साधारण सभामा अध्यक्ष अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थामा ८०८ जना शेयर सदस्य रहेको र एक करोड ७१ लाख ७८ हजार रुपैयाँ शेयर पूँजीसहित कारोबार भइरहेको विवरण पेश गरे ।
सचिव नवराज पोखरेलले सञ्चालन गरेको सो साधारणसभा समारोहका वक्ताहरुले केही विकृत सहकारीका कारण सिङ्गो सहकारी अभियान बदनाम हुँदै गएकाले सबै शेयरधनी सचेत हुन आश्यक रहेको धारणा राखेका थिए ।