काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा समितिले आगामी दिनमा गर्न स्थलगत अनुगमन तथा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो सवा १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुनेछ ।
दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुनेछ ।