२०८१ कार्तिक ८, बिहिवार , ०४:४९:०४ बजे

Sajhamanch
'

विराट बहुउद्देश्यीय सहकारी संस्थामा साधारणसभा पूर्व तयारी बैठक

बिहिवार, कार्तिक ८, २०८१

बिर्तामोड । बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गर्ने लक्ष्य लिएको छ ।

यसवर्ष शुद्ध मुनाफा कम भए पनि आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले लक्ष्य लिएको हो । १९औं वार्षिक साधारण सभाको दुई दिनअघि बुधबार संस्थाको सभाहलमा आयोजित पूर्व तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष मोहन सिवाकोटीले यसवर्ष १९ लाख १५ हजार ९१५ रुपैयाँ शुद्ध नाफा भएको जानकारी दिए ।

उनले १ करोड २ लाख रुपैयाँ ब्याज मात्र उठ्न बाँकी रहेकाले त्यसको असुलीमा कडाई गरी आगामी वर्ष १ करोडभन्दा बढी नाफा पुर्याउने लक्ष्य रहेको बताए । त्यस्तै २ हजार ५० महिला, १ हजार ६११ पुरुष र १०२ संघ–संस्था गरी कूल ३ हजार ७६३ सेयर सदस्य रहेकोमा आगामी वर्ष त्यसलाई बढाएर ४ हजार १४० पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

हाल संस्थाको सेयर पुँजी ५ करोड ८२ लाख ५२ हजार ३०० रुपैयाँ रहेको छ । ३ करोड रुपैयाँ बाह्य ऋण रहेको संस्थाले ऋणलाई शून्यमा झारिसकेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त पूर्व तयारी बैठकमा संस्थाका अग्रणी सदस्यहरु, सल्लाहकार एवम् उपसमितिका सदस्यहरुलाई १९औं वार्षिक साधारण सभाको तयारीका बारेमा जानकारी दिइएको थियो । सो कार्यक्रममा प्रमुख सल्लाहकार उमानाथ ओली, सल्लाहकार गुरुभक्त न्यौपाने, लेखा सुपरीवेक्षण समितिका संयोजक केशवराज पाठक लगायतले बोलेका थिए ।

१९औं वार्षिक साधारण सभा कात्तिक ९ गते शुक्रबार (भोलि) अनारमनी पब्लिक क्याम्पस बिर्ताबजारको प्राङ्गणमा हुँदैछ ।

सो साधारण सभामा संस्थाका तत्कालीन उपाध्यक्ष स्व. पर्शुराम सिटौलाको स्मृतिमा स्थापित स्मृति पुरस्कार चिकित्सक डा. ताहिर हुसैन मिकरानीलाई प्रदान गरिने प्रबन्धक रुद्र सिटौलाले जानकारी दिएका छन् । सो पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ ।

त्यस्तै असल बचतकर्ता गुरुभक्त न्यौपाने, असल ऋणी लक्षीमादेवी उप्रेती र उत्कृष्ट कर्मचारीको रुपमा रीता पौडेललाई जनही ७ हजार ५०५ रुपैयाँका दरले पुरस्कृत गरिने उनले जानकारी दिए ।

साधारण सभामा यसवर्ष पनि शेयर सदस्यका छोराछोरी मध्येबाट कक्षा १२ मा उत्कष्ट अंक ल्याउने दुई छात्रा र दुई छात्रलाई पुरस्कृत गरिने प्रबन्धक सिटौलाले बताए ।

संस्थाको बारेमा र साधारणसभाको सन्दर्भमा प्रबन्धक रुद्रसाद सिटौलासँग साझा सहकारी मञ्च अंक १६६ को सहकारी सम्वाद- यो लिङ्क पनि हेरौं ….

सम्बन्धित खबर