२०८१ कार्तिक ७, बुधवार , ०५:३२:३६ बजे

Sajhamanch
'

शेयर बजार २० दशमलव ४१ अङ्कले घट्यो, ६ अर्ब २७ करोड रुपैयाँ कारोबार

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज फेरी घटेको छ । आइतवार र सोमवार उच्च अङ्कले घटेर हिजो २५ दशमलव ८८ अङ्कले बढेको नेप्से आज २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६४५ दशमलव ३९ अङ्कमा झरेको छ । आज फाइनान्स र व्यापारबाहेक सबै समूह घटेको छ ।

आज माहुली लघुवित्त र हिमालयन बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घट्यो । समग्रमा बजार घटेको दिन आज आइसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समृद्धी फाइनान्सको शेयर पनि नौ प्रतिशत भन्दा धेरैले बढ्यो ।

नेप्से घटेको दिन आज कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब १७ करोड रुपैयाँमा कारोबार भएकोमा आज ३२४ वटा कम्पनीको एक करोड ५७ लाख कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित खबर