![](https://sajhamanch.com/wp-content/uploads/2024/10/oli-1-scaled.webp)
काठमाडौं । सत्तारुढ दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको सय दिनका उपलब्धि र आगामी दिनमा गर्ने कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।
बैठकपछि पोखरेलले आगामी दिनमा सरकारले गर्ने थप कामका बारेमा शुक्रबार सत्तारुढ दलको बैठक बसेर निर्णय गर्ने निर्णय भएको पनि जानकारी दिए ।