२०८२ जेठ २५, आइतवार , ०४:२२:५७ बजे

Sajhamanch
'

शेयर बजार २२ अङ्कले घट्यो, कारोबार रकम ४ अर्ब रुपैयाँमा सीमित

आइतवार, असोज १३, २०८१

काठमाडौं ।  हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ३६ अङ्कले घटेर २ हजार ४६४ दशमलव ४० विन्दुमा झरेको छ ।

आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, जलविद्युत्, होटल तथा पर्यटन, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज अपर स्याङ्गे हाइड्रोपावर शेयर १० प्रतिशत तथा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन विन नेपाल लघुवित्त र कुमारी सबल योजनाको शेयर भने ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ८१ करोड बराबरको कारोबार भएकोमा आज ३२७ वटा कम्पनीका एक करोड तीन लाख कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित खबर