२०८१ असोज ३, बिहिवार , ०३:०२:३५ बजे

Sajhamanch
'

संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जना प्रहरीको नियन्त्रणमा

बिहिवार, असोज ३, २०८१

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

संसद् भवनको ३ नम्बर गेट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ । विभिन्न समूहले संविधानको विरुद्धमा प्रदर्शनका कार्यक्रम पनि गरिरहेका छन् ।

बिहीबार साँझ नागरिक स्तरबाट दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना गरिएको छ ।

सम्बन्धित खबर