झापा। कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले सुकेको भारतीय प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ पुगेको जनाएको छ ।
बुधबारका लागि मूल्यसूची तोक्दै समितिले कलकत्ता, बेलडाँगा र नासिकको सुकेको प्याजको न्यूनतम थोक मूल्य पनि १०० रुपैयाँ कायम भएको जनाएको छ ।
त्यस्तै, भारतीय आलु सेतोको ४६.५० रुपैयाँ, भारतीय आलु रातोको ४७.५० रुपैयाँ, कालु रातो (इलाम, काठमाडौँ, भुटान) को ६२.५० रुपैयाँ थोक मूल्य तोकेको छ ।
काउली धनकुटाको १०० रुपैयाँ, टमाटर ठुलो नेपालीको ५० रुपैयाँ, इस्कुस ८ रुपैयाँ, घ्यूसिमी ११० रुपैयाँ र च्याउ १८० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।