२०८१ पौष ६, शनिवार , ०४:४९:३४ बजे

Sajhamanch
'

सिम्रिक साकोसको इकाइगत साधारणसभा धमाधम

सोमवार, भदौ २४, २०८१

झापा । कोशी प्रदेशका धेरैवटा जिल्लामा कार्यक्षेत्र बिस्तार गरेको दोस्रो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले हिजो आइतबारदेखि इकाइगत साधारणसभा सुरु गरेको हो ।

सो अन्तरगत प्रथम इकाइगत साधारण सभा इलाममा हिजो आइतबार सम्पन्न गरियो भने आज सोमबार मोरङको पथरीशनिश्चरेमा दोस्रो इकाइगत साधारणसभा गरिएको संस्थाको आइटी विभागका विजय पाण्डेले जानकारी दिएका छन् ।

सिटी हल इलाममा आइतबार सम्पन्न प्रथम इकाइगत साधारणसभाको प्रमुख आतिथ्य इलाम नगरपालिका वडा नं. ६ का वडाध्यक्ष दुर्गा श्रेष्ठ रहेका थिए । उक्त इकाइगत साधारणसभामा इलाम र पाँचथर अन्तर्गतका ११ वटा सेवा केन्द्रहरुबाट शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

इकाइगत साधारणसभामा संस्थाका अध्यक्ष सुवास भट्टराईले ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५८३ रुपैया बराबरको वासलात तथा आ.व. २०८१/०८२ का लागि ११ अर्ब ७७ करोड ८६ लाख ४८ हजार १३६ रुपैयाँ बराबरको अनुमानित बजेटसहित संचालक समितिद्वारा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै संस्थाको नीति तथा कार्यक्रमहरुबारे कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रकाश पारेका थिए ।

दोस्रो इकाइगत साधारणसभा आज सोमबार मोरङको पथरी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न गरिएको छ । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यमा आयोजित इकाइगत साधारणसभामा मोरङ्ग जिल्ला अन्तर्गतका ९ वटा सेवा केन्द्रहरुबाट शेयर सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ ।

उक्त इकाइगत साधारणसभामा पनि अध्यक्ष भट्टराइले सञ्चालक समितिको प्रतिवेदन तथा कार्यकारी प्रमुख बस्नेत नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर