२०८२ जेठ ३, शुक्रवार , १०:१४:०४ बजे

Sajhamanch
'

तेह्रथुममा सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु

बिहिवार, भदौ १३, २०८१

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका-१ स्थितमा सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।

हिजो बेलुका लालिगुराँस नगरपालिका-१ लम्बु खोला स्थित मध्य पहाडी लोकमार्गमा इटहरीबाट ग्याँस लोड गरी तेह्रथुमको म्याङलुङ तर्फ जादै गरेको को.१ ख १६८१ नम्बरको ट्रक ब्रक फेल भई ओट लगाउने क्रममा ट्रकको चक्काले किच्दा सह(चालक सुनसरी इटहरीका ४५ बर्षीय रमानन्द चौधरीको घट्नास्थलमानै मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न चालक रामधुनी नगरपालिका-४ का ४५ बर्षीय तेज बहादुर राईलाई इलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर