२०८१ मंसिर १५, शनिवार , ०१:५८:५२ बजे

Sajhamanch
'

हतकडी फुस्काएर भागे बिर्तामोडमा रहेका थुनुवा राई

बुधवार, भदौ ५, २०८१

बिर्तामोड। उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका इलाका प्रहरी कार्यालय अनारमनीका एकजना थुनुवा हतकडी फुस्काएर भागेका छन् ।

हिजो दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक-३ भुटानी शरणार्थी सेक्टर जि थ्रि भई हाल नम्बर १ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई हतकडी फुस्काएर भागेका हुन् ।

लागुऔषध मुद्दामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । घटनाको जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको कमाण्डमा खोजतलास भइरहेको जनाइएको छ ।

भदौ २ गते राति अन्दाजी ९ः३० बजे बिर्तामोड १ पश्चिम बसस्टेन्डमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा राईलाई जाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखेर पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको थियो ।

सम्बन्धित खबर