२०८१ कार्तिक १०, शनिवार , ०८:३७:३९ बजे

Sajhamanch
'

विद्युतीय बस सेवा सञ्चालन गर्ने तयारीमा इटहरी उपमहानगरपालिका

बुधवार, साउन २३, २०८१

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

नगरप्रमुख हेमकर्ण पौडेलका अनुसार नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको छ । यो सेवा सुरु भएपछि स्थानीय नागरिकले यात्रामा सहजता महसूस गर्ने उनको विश्वास छ ।

“इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ । यो काम पूरा भएसँगै सेवा सुरु हुन्छ ।” नगरप्रमुख पौडेलले भने, “आउँदो असोज १ गतेबाट सेवा सञ्चालन गर्ने नगरको योजना छ ।”

उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले रु. ६ करोड ३६ लाख ८६ हजारको लागतमा बस खरिद गरिएको बताए । उनले भने, “बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसी लगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् ।”

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं. ६ का अध्यक्ष दिवश पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको बताइएको छ ।

सम्बन्धित खबर